चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।
अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको भन्दै श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेका अभियानमा ब्रेक नलाग्ने सुनाए । ‘प्रचण्ड’को नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने उनको भनाइ थियो ।
माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्याइछाड्ने श्रेष्ठले प्रण गरेका छन् । उनले सरकारको गतिविधि सवैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै मेयर रेनु दाहालको प्रशंसासमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संगठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु
माओवादीको अभियान स्थगित, बिहीबारबाट सुरु हुने
हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ
फागुन ३ गतेदेखि माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने
चितवनमा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान