सर्लाही । सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना.७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन्।
बसमा ३५ जना सवार थिए। जसमध्ये १५ जना घाइते भएका हुन्। घाइते हुने अधिकांश महिला छन्। ‘घाइतेमध्ये दुई जनालाई अलिक बढी चोट लागेको छ। उहाँहरुलाई बाहिर रेफरको तयारी हुँदैछ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठकले भने, ‘सबै घाइते खतरा मुक्त छन्।’
घाइतेको हाल लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते