काठमाडौ । प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थ गर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडी÷एमएस गर्न पाउने छन् ।
चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार बैठकले पिजी अध्ययन गराउनका लागि स्रोत सुनिश्चित गरेसँगै पिजीका लागि कोटा थप भएको हो ।
यस्तै बैठकले जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीका लागि जनरल नर्सिङ विषय अध्यापन गराउन स्वीकृति दिएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी