काठमाडौं। डल्लुमा एक घरबाट सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा ६ वटा मुद्दा चलेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं वसन्तपुर बस्ने नरेन्द्र देउला छन् ।डल्लुमा बस्दै आएकी दोलखा सैलुङकी सुनिता ठकुरीको डेराबाट गत आइतबार सुनका गरगहना र नगद चोरी भएको थियो ।
प्रहरी वृत्त स्वयम्भूले अनुसन्धानका क्रममा चोरी गर्ने देउला, वसन्तपुरकै कमलबहादुर कार्की र खरिद गर्ने भारत कलकत्ताका जागिर मालिकलाई पक्राउ गरेको छ ।
ठकुरीको घरबाट देउला र कार्कीले सुनको नेकलेस, सिक्री, औँठी तिलहरीलगायतका गरी २३ लाख बराबरको गरगहना चोरी गरेका थिए ।उनीहरूले चोरी गरेका गरगहना भारतीय नागरिक मालिकलाई बिक्री गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका मध्ये देउला यस अघि चोरी, ज्यान मार्ने उद्योग लगायत ६ वटा मुद्दामा पक्राउ परेर छुटेका पटके अभियुक्त हुन् ।
उनीहरूलाई चोरी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भएर अनुसन्धान भइरहेको बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ