काठमाडौं। डल्लुमा एक घरबाट सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा ६ वटा मुद्दा चलेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं वसन्तपुर बस्ने नरेन्द्र देउला छन् ।डल्लुमा बस्दै आएकी दोलखा सैलुङकी सुनिता ठकुरीको डेराबाट गत आइतबार सुनका गरगहना र नगद चोरी भएको थियो ।
प्रहरी वृत्त स्वयम्भूले अनुसन्धानका क्रममा चोरी गर्ने देउला, वसन्तपुरकै कमलबहादुर कार्की र खरिद गर्ने भारत कलकत्ताका जागिर मालिकलाई पक्राउ गरेको छ ।
ठकुरीको घरबाट देउला र कार्कीले सुनको नेकलेस, सिक्री, औँठी तिलहरीलगायतका गरी २३ लाख बराबरको गरगहना चोरी गरेका थिए ।उनीहरूले चोरी गरेका गरगहना भारतीय नागरिक मालिकलाई बिक्री गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका मध्ये देउला यस अघि चोरी, ज्यान मार्ने उद्योग लगायत ६ वटा मुद्दामा पक्राउ परेर छुटेका पटके अभियुक्त हुन् ।
उनीहरूलाई चोरी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भएर अनुसन्धान भइरहेको बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ