काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई अपहेलना गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको बताए।
उनले भने, ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो। तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो। संसदले सरकारले जहिले जेजे भन्यो त्यही अनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ? बारम्बार यस्तै कुरा उठेको छ।’
उनले समितिबाट पारित भएर आएको भ्रष्टाचार विधेयक सदनमा नल्याएर कसरी अघि बढ्न खोजेको छ ? भन्दै प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड