सिराहा । सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरिएको हो ।
राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाएको डीएसपी पासवानले बताए । जाहेरी परेपछि उनी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ
अपाङ्गता महिलालाई करणी गर्ने ६३ वर्षीय पुरुष प्रकाउ