काठमाडौा । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकोले यस्तो जिम्मेवारी दिएको हो।
जारी विज्ञप्तिमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयसमेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भनेको छ। गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी