काठमाडौा । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकोले यस्तो जिम्मेवारी दिएको हो।
जारी विज्ञप्तिमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयसमेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भनेको छ। गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता