काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङको क्रममा भनेका छन् ।
‘सरकार अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ प्रचण्डले विपक्षी दलको बैठकमा भनेका छन्, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षमा पुगेको सुनाए ।‘सरकारको भूमिका हामीले हेरिरहेका छौं । अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले अनलाइनखबरसँग भने ।
उनले मध्यावधिको बारेमा अन्य धेरै कुरा चाहिँ व्याख्या गरेनन् । ‘कहाँ कहाँ भन्ने चाहीँ व्याख्या गरेनन् । त्यसैको सेरोफेरोमा यो अध्यादेश ल्याइएको हो । समयमै संसद् नबोलाएर अध्यादेश ल्याउनुको कारण पनि यही हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण