काठमाडौं। नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको नेपाली क्रिकेटर सन्दीप लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको बताएका हुन् ।
‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ’, उनले लेखेका छन् ।
‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ’, उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा