काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शुक्रबार यस्तो आवेदन आह्वान गरेको हो ।
बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले यसअघि राष्ट्रिय योजना आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा नेतृत्वको सिफारिस समिति गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त
बागलुङका किसानले गराए ७०५ पशुको बीमा