काठमाडौँ । मोरङ प्रहरीले २९ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का विशाल कुमार पासवान र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेका छन् ।
प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरी स्थित रमाइलो टोलमा गएराति उनीहरू सवार मोटरसाइकल चेचकजाँच गर्दा २९ किलो गाँजा बरामद भएको हो। साथै ७३ हजार पाँच सय साठी रुपैयाँ नगदसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ