काठमाडौँ । मोरङ प्रहरीले २९ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का विशाल कुमार पासवान र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेका छन् ।
प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरी स्थित रमाइलो टोलमा गएराति उनीहरू सवार मोटरसाइकल चेचकजाँच गर्दा २९ किलो गाँजा बरामद भएको हो। साथै ७३ हजार पाँच सय साठी रुपैयाँ नगदसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ