काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् । दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।
दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ । अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो ।
त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको रौतहटका इन्सपेक्टर रामकुमार महतोले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ