हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन

शनिबार, १० कार्तिक २०७५, १२ : ११
हनुमन्ते सफाइबाट तीन टन फोहर सङ्कलन

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो । 

अभियानमा जिल्लाका विभिन्न सङ्घ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । 

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्मसम्म करीब ३०० टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस