काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित