काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदीय समितिको क्यालेन्डर आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले क्यालेन्डर बनाएर समितिको कामलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कोरम समस्या समाधानका लागि क्यालेन्डर आवश्यक रहेको पनि बताए । ‘संसदीय समितिको पनि क्यालेन्डर बनाऔं । कोरम समस्या समाधान गर्न पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘साम्सदले पनि क्यालेन्डर हेरेर आफ्नो कार्यक्रम बनाउन सक्छन् । यसकारण क्यालेन्डर अनिवार्य गरौं ।’
माओवादीका अर्का सांसद माधव सापकोटा सुबोधले पनि क्यालेन्डर आवश्यक रहेको बताए । ‘क्यालेन्डर सहमतिमा बनाएपछि त्यो पालना नगर्ने साम्सद स्वयम् जिम्मेवार हुनुपर्छ । अन्यथा क्यालेन्डरले सहज बनाउछ, यो बनाऔं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै