काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम सांसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।
“श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, उनले भने ।
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र