पेस्तोलसहित तीन जना पक्राउ

शुक्रबार, ०९ कार्तिक २०७५, २० : ४०
पेस्तोलसहित तीन जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मूलगेटबाट एपीएफ टोलीले पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्म (भन्सार) वीरगञ्जबाट सशस्त्र प्रहरी नायव निरीक्षक अम्बिरनाथ न्यौपानेको कमाण्डमा खटिएको एपीएफ टोलीले शुक्रबार अपरान्ह करिब ५ बजे भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा उक्त पेस्तोल तथा गोली फेला परेको हो । 

त्यसबेला भारतको रामगढवा बिहार घर बताउने २७ वर्षीय अवद बिहारी प्रसादको साथमा उक्त पेस्तोल तथा गोली फेला परेपछि त्यसै गाडीमा सवार सोही ठाउँ घर बताउने उमेशप्रसाद गुप्ता र उक्त गाडीका चालक ओमप्रकाश पासवान गरी तीनै जनालाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस