काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।
गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थपिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा वैद्यको उपचार भइरहेको छ । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।
अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिँदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त
मोहन वैद्यको पार्टीले भन्यो– प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न सक्छन्
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप