मेलम्ची । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला अदालत रुपन्देहीले २०६१ साल जेठ २७ गते सवारी ज्यान मुद्दाका अपराधमा अधिकारीलाई एक वर्ष ११ महिना ३ दिन कैद फैसला गरेको थियो । त्यहीबेला देखि उनी फरार थिए ।
प्रतिक्रिया दिनुहोस