काठमाडौँ। धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बांगादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ गाउँपालिका–३ घर भइ पोखरा मालेपाटन बस्दै आएका ३२ वर्षीय गोपाल नेपाली छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । यो समूहले २३ मंसिरको राति १२ बजेतिर पोखरा बगनास गैह्राघर बस्ने ८० वर्षीय वेदुनाथ अधिकारीको घरमा खुकुरी देखाउँदै लुटपाट गरेको थियो।
नकाव लगाएर आएको समूहले उनकी श्रीमतीलाई कुटपिट गर्दै उनले लगाएको सुनका गरगहना औंठी, रिङ लुटपाट गरेको आरोप छ ।उनीहरुबाट घटनामा प्रयोग भएको २ थान खुकुरी समेत बरामद गरिएको कास्की प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुलाई चोरी तथाँ डाँकाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ पुस २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ