मस्को । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ ।
डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ ।
खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन ।
यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम नै सार्वजनिक गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो देशका वैज्ञानिकहरूले क्यान्सर विरुद्धको खोपमा काम गरिरहेको र उनीहरू अन्तिम चरणमा पुगेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने