काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उनले जानकारी दिए । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले भने, ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’
नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ। पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।
यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ