धान थ्रेसरको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु

बुधबार, ०७ कार्तिक २०७५, १९ : ५५
धान थ्रेसरको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । 

थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा लपेटिएर ५० वर्षीया चम्पादेवी कामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस