क्लोथ बैंक नेपालद्वारा जाडोको लुगा वितरण

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०८१, ११ : ४०
क्लोथ बैंक नेपालद्वारा जाडोको लुगा वितरण

काठमाडौं। क्लोथ बैंक नेपालले गरिब तथा विपन्न परिवारका सदस्यलाई न्यानो लुगा वितरण गरेको छ । जनकपुरधामस्थित ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितलाई १४ थान जाडोको नयाँ लुगा प्रदान गरिएको क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाले बताए ।

उनका अनुसार स्थानीय विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यलाई १० थान जाडोका लुगा वितरण गरिएको हो ।

 

 

 

 

त्यस्तै, जनकपुरधाम-६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकालाई ४० थान ज्याकेट वितरण गरिएको छ। 

दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. विपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको थियो । 

 

 

 

क्लोथ नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिलाई नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ। 

क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस