काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज पर्सातर्फ लगेको छ । कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
उनलाई सोमबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँदेखि सिमरा पुर्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । त्यहाँबाट उनलाई गाडीमा राखेर पर्सा लगिनेछ । यसअघि आजै बिहान उनलाई पोखराबाट जहाजमा काठमाडौँ ल्याइएको थियो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा