काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालू आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । जुन ३५ हजार ९८५ वटा पोलिसी वापतको हो ।
यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १० हजार ४८ वटा पोलिसी बापतको एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको ८ हजार ४०८ वटा पोलिसी बापतको एक अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।
प्राधिकरणको अनुसार चालू आवको चार महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ३१ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २२ करोड ७४ लाख, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ११ लाख, मेट लाइफको १३ करोड ५३ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ३१ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५२ लाख बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५९ लाख बराबरको सरेण्डर भएको छ ।
यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६३ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त
बागलुङका किसानले गराए ७०५ पशुको बीमा