सुनसरी । धरानमा करिब ६ सय ९० किलोग्राम गाँजासहित एक जना पक्राउ पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ अमरहाटबाट उक्त परिमाणको गाँजासहित मंगलबार बेलुका मोरङ सुन्दरहरैंचा नगरपालिका–११ बस्ने ३६ वर्षीय श्यामकुमार विकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक हुन् । सरकारी नम्बर प्लेट लगाएको सो स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद भएको प्रहरीको भनाई छ ।
स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो ।
साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो ।
प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ