काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्नर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।
कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे ।सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।
कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त