काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु, पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना संगै तराईका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना