झापा । झापामा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका- २ स्थित रामचोककमा गएराति ना ३ ख ४३६४ नम्बरको ट्रकले ठक्कर दिँदा झापाकै शिवसताक्षी–७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कटुवाल मे.१० प ६०१७ नम्बरको स्कुटरमा सवार थिइन्।दुर्घटनामा गम्भीर घाइते भएकी कटुवाललाई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार सोही ठाउँकी २८ वर्षीया सरिता राउत दुर्घटनामा सामान्य घाइते भएकी छन्। दुर्घटनापछि ट्रक चालक अर्जुनधारा–९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु