करेन्ट लागेर एक बालकको मृत्यु

आइतबार, ०४ कार्तिक २०७५, ०८ : २८
करेन्ट लागेर एक बालकको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस