काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता नभएको बताएका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए।
उनले भने,’अहिले राजनीतिक अलिक जटिल हुँदै गएको महसुश मलाई भएको छ। हामी सबैले पनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन। यसो भन्दा प्रचण्ड सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन। अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फटेबल फिल गरेको छु, रिल्याक्स छु। जनताको बीचमा गएको छु।’
उनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे। उनले आफूलाई ठूलो संघर्षबाट ल्याएको व्यवस्था र संविधानमाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड