सुर्खेत। सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी बालिका अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा समीक्षाको घटनास्थलमै मृत्यु प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु