सुर्खेत। सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी बालिका अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा समीक्षाको घटनास्थलमै मृत्यु प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु