काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ । ९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलले जानकारी दिइन् । खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा लैजान खोजिए पनि भैरहवाको आकाश नखुलेका कारण विमान उड्न ढिला भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण