काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपा अनुसन्धानलाई प्रभावित पार्ने, अदालतलाई धम्काउने काममा लागेको आरोप लगाएका छन् ।
काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कानुन अनुसार काम गर्ने भएकाले कसैलाई फसाउने नियतले काम नगर्ने बताए । उनले भने, ‘सरकारले कानुनअनुसार काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीमा आबद्ध छ हेरेर होइन, कानूनले के भन्छ राज्यको अनुसन्धान गर्ने निकायहरुले काम गर्छ । सबै निकायको अनुसन्धानपछि अदालतले फैसला गर्ने हो । कसैलाई फसाउन, कसैलाई बदनाम गर्ने काम सरकारले गर्दैन । अनुसन्धानले गर्ने प्रक्रिया सुरु हुँदै हुल गरेर राजनीतिक प्रतिशोध राखेर किन पक्राउ गरियो भनेर भीड जम्मा गरिएको छ, यो बेठीक छ ।’
प्रमुख सचेतक बर्तौलाले लोकतन्त्रमा कानूनले काम गर्ने प्रक्रियालाई अवरोध गर्नु पनि अपराध भएको बताए । उनले थपे, ‘रविजी सांसद एवं पूर्व गृहमन्त्री हुनुहुन्छ । उहाँले सहज रुपमा अनुसन्धानमा सघाउनुपर्ने हो । उहाँहरु विधिको शासन मान्छु भन्नुहुन्छ, पक्राउ गर्न पाइँदैन भन्नुहुन्छ, अदालती प्रक्रिया मान्छु भन्नुहुन्छ, फेरि अदालतकै आदेशबाट पक्राउ गरेको विषयमा मान्दिनँ, खबरदार भन्नुहुन्छ ।’
उनले विरोध सभामा रास्वपा सांसदहरुले प्रयोग गरेको भाषाको पनि आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले