काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदै छ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने भएको छ । यसरी अतिरिक्त खट्ने कर्मचारीलाई प्राधिकरणले थप सेवा सुविधा दिनुपर्ने हुन्छ ।
५ कात्तिकका दिन बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजिम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।
यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म चल्ने छ । तर, प्राधिकरणले भने उडान/अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो । यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्यांगरजस्ता संरचना निर्माण हुँदैछन् । यस्तो बेला आपतकालीन अवस्थाका लागि सीमित मात्र कर्मचारी खटाएर अन्य कर्मचारीलाई भने वैकल्पिक काममा लगाउन सकिने विकल्प थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ