काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।
‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरूलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए ।
बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । वक्तव्य मार्फत सत्तारुढ दलहरूले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद् अवरूद्ध पारेका छन् : प्रधानमन्त्री
समावेशीता कुनै कामको कुरा होइन, यसबाट राजनीतिक पदमा पुग्ने मात्र होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
‘निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ’ : प्रधानमन्त्री