नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको छ । मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ रेकर्ड भयो ।
मंगलबार, दिल्लीको एक्यूआई ३१८ थियो । यो भनेको निकै खराबको श्रेणीमा पर्दछ । राजधानीका अन्य कयौँ स्थानमा पनि एक्यूआई २७८ देखि ३८७ सम्म मापन भएको थियो ।
विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतरनाक स्तरमा पुगिरहेको छ । यसैबिच, हावाको कम गतिका कारण दिल्लीमा मात्र नभई पूरै देशमा प्रदूषण स्तर बढिरहेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन