जिप दुर्घटना  हुँदा  दुई जनाको मृत्यु

सोमबार, २९ असोज २०७५, १० : ०६
जिप दुर्घटना  हुँदा  दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिनुभयो । 

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस