बारा । बाराको सिम्रौनगढ ३ मा एक बालकको अपहरणपछि हत्या गरिएको छ । नौकाटालका धनेश्वर यादवको ६ वर्षका छोरा दीपक यादवको अपहरणपछि हत्या भएको हो । अपहरणकारीले असोज २४ गते अपहरण गरी १० लाख रुपैयाँ फिरौती मागेका र फिरौती रकम नपाउँदा उनको हत्या भएको प्रहरीले जनाएको छ । दीपकको शव घरनजिकैको झाडीमा फालिएको थियो । अपहरणको आरोपमा सोही ठाउँका सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस