बास्तोलाको पार्थिव शरीर सानेपामा राखिने, आजै अत्येष्टि गरिने

आइतबार, २८ असोज २०७५, १२ : ३३
बास्तोलाको पार्थिव शरीर सानेपामा राखिने, आजै अत्येष्टि गरिने

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । 
विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँ पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत हुनुहुन्थ्यो । बास्तोलाको आज बिहान ९ः २० बजे निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस