काठमाडौँ । असोज ६ मा झापामा दुई वटा ट्रकमा आगजनी गर्ने थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूले कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला पुल र बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि स्टेट नजिकै भारतीय नम्बरको ट्रक जलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ पर्नेमा झापा हल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीरबहादुर गुरुङ र झापा बिर्तामोड घर भएका ३५ वर्षीय उदय लिम्बु छन् ।
यसअघि दुई जनालाई पक्राउ गरेर आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।
रुद्र भुजेल प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको झापा जिल्ला समिति कोषाध्यक्ष हुन् । विवश लिम्बु, माबो लिम्बु र उदय लिम्बु जिल्ला कार्य समिति सदस्य हुन् । राजेश महत मेचीनगरका नगर इन्चार्ज हुन् । वीरबहादुर गुरुङ अभियाको सल्लाहकार हुन् ।
सिलीगुडीबाट प्लाई बोकेर आएको युपी–५७–एटी–४४९३ नम्बरको ट्रक र बिर्तामोडबाट काँकडभिट्टा जाँदै गरेको डब्लुबी–७३–ई–३०५६ नम्बरको ट्रक र चालकलाई लक्षित गरेर उनीहरुले पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ