ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

शुक्रबार, २६ असोज २०७५, १० : ३०
ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ । (रासस)
 

प्रतिक्रिया दिनुहोस