काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट गएराति भागेकामध्ये चार थुनुवा फेरि पक्राउ परेका छन् । गएराति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र विक्की कार्कीका साथै सत्यम झालाई पक्राउ गरिएको जानकारी दिए।
झालाई प्रहरीले तत्कालै पक्राउ गरेकामा अन्यलाई पनि खोजतलासका क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको हो । फरार अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ