काठमाडौँ । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत छन् ।
काठमाडौँ र भक्तपुरबाट काभ्रेपलान्चोक जान पठाओ बुक गरेर बनेपा पुगेपछि आरोपीहरूले पठाओ चालकलाई खाजा खान लैजान्छन् । खाजाको बिल र पठाओ भाडा ‘क्युआर मार्फत पठाइदिन्छौँ’ भनेर इन्टरनेट नचलेको बहानामा खाजा घर बाहिर निस्केर उनिहरुले मोबाइल लिएर भाग्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
क्युआर मार्फत भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरूले पठाओ चालकको मोबाइल माग्ने र लिएर भाग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरूलाई चोरीको मोबाइल सहित पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ