एजेन्सी । इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही आक्रमणका कारण इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता डानियल हगारीले हिजबुल्लाहले इजरायली भूमिमा आक्रमण गर्न लागेको पत्तो पाएर यो कदम चालिएको बताए।
बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको थियो। यसरी ज्यान गएका मध्य तीन जना बालबालिका थिए। शुक्रबार मात्र १८० भन्दा बढी साइटमा हजारौँ रकेट प्रहार गरिएको थियो।
लेबनानबाट पनि इजरायलमा लक्षित गर्दै ९० स्थानमा आक्रमण भएको थियो। आइडिएफले दिएको जानकारी अनुसार इजरायली सैन्य निकायका ११ जना मानिस निसानामा परेका थिए। गएको साताको सुरुवातमै वाकिटकी र पेजर विस्फोटबाट ३९ जनाको ज्यान जानुको साथै हजारौँ जना घाइते भएका थिए।
संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार भोल्कर टकले पेजर र वाकिटाकी विस्फोट मानव अधिकार कानुनको उल्लङ्घन भएको बताए। अहिले आइडिएफले आक्रमणको निसाना बनाएको सहरमा खुला स्थानमा ३० जना तथा बन्द स्थानमा तीन सय भन्दा बढी व्यक्ति भेला नहुन भनेको छ। हाइफादेखि उत्तरको क्षेत्रमा यो क्रम बढेको थियो। बेरुतमा भएको अमेरिकी दूतावासले लेबनानमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट घर फर्किन भनिसकेको छ।
छिमेकी देश जोर्डनले पनि आफ्ना नागरिकलाई तत्काल फिर्ता हुन भनेको छ। रक्षा मन्त्री युभ गालान्टले युद्ध नयाँ मोडमा गएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असोज २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, विभिन्न सहरहरूमा ड्रोन हमला
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द