वीरगन्ज । दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । असार २४ गते राति जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् । उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए ।
साे समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताइन् ।
घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डीएसपी गिरीको भनाइ छ ।
पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ