काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया नेटवर्कले टेलिभिजन चलाउन ल्याएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा उक्त कुरा उल्लेख गरिएको छ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिलाई ५१ वटा प्रश्नको जवाफ दिने क्रममा उनले गितेन्द्रबाबु राईले आफूलाई आकर्षक तलब दिने भनेपछि ग्यालेक्सी टेलिभिजनमा जोडिएको बताएका छन्।
रविले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आबद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।
रविले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउने काममा आफ्नो संलग्नता पनि अस्वीकार गरेका छन् । उनले गोर्खा मिडियामा करिब एक वर्ष प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीको १७ करोड ३१ लाख रुपैयाँ भित्र्याइएको खुलेको छ । उक्त कुरा उनकै बयानबाट पुष्टि भएको हो । तर प्रबन्ध निर्देशक रहेका उनैले त्यो रकम जिविले कसरी ल्याए भन्ने थाहा नभएको पनि बताएका छन् ।
रविको बयानको पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट