बर्दिया। बर्दियामा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका- ५ तर्कापुरकी ३९ वर्षीया मीना थारूको हत्या गरेको आरोपमा सोही नगरपालिका- ११ जब्दीका ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई गएराति पक्राउ गरिएको हो । शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मीनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका- ५ सिटिबरेलीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ