बर्दिया। बर्दियामा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका- ५ तर्कापुरकी ३९ वर्षीया मीना थारूको हत्या गरेको आरोपमा सोही नगरपालिका- ११ जब्दीका ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई गएराति पक्राउ गरिएको हो । शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मीनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका- ५ सिटिबरेलीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ