काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सोमबार भदौ महिनाको अन्तिम दिन एकैपटक २ सय ५० भन्दा बढी कर्मचारीको अन्तरमन्त्रालयगत सरुवा गरेको छ।
मन्त्रालयले सोमबार राति एकैपटक त्यति ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको हो। रातको समयमा गरिएको सरुवा अपारदर्शी भएको र आर्थिक चलखेलसमेत भएको भन्दै केही कर्मचारीले असन्तुष्टि जाहेर गरेका छन्।
मन्त्रालयले विभिन्न सेवा समूहका खरिदारदेखि उपसचिवसम्मका २ सय ५० भन्दा बढी कर्मचारीको सरुवा गरेको हो। यो सरुवामा विभिन्न मन्त्रालय र निकायमा कार्यरत खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरू परेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिन त्यति ठूलो संख्यामा कर्मचारी सरुवाको निर्णय गरे पनि त्यसलाई औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ असोज २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ प्रजिअसहित १८ सहसचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)
११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
६ जना सहसचिवको सरुवा
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा